२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा देशभर ७४३ संक्रमित थपिएका छन् । जसमा  प्रदेश १ को इलाममा १, झापामा १०, तेह्रथुममा १, मोरङमा १५ र सुनसरीमा ६ जना छन् ।

त्यसैगरी प्रदेश २ को धनुषामा ३, पर्सामा ३, महोत्तरीमा १ र रौतटहमा १ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा २५०, काभ्रेमा ११, चितवनमा १८ , धादिङमा ६, नुवाकोटमा ११ भक्तपुरमा ३४, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा एक संक्रमित थपिएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा १, तनहुँमा १०, नवलपरासी पूर्वमा १, पर्वतमा २, मनाङमा ५, म्याग्दीमा ९, लमजुङमा १९, बागुलङमा १४ र स्याङजामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९,गुल्मीमा एकजना, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ५, बाँकेमा १८ र रुपन्देहीमा ४५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको अछाममा ६, कंचनपुरमा ४२, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा ३, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : २५ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।