२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा देशभर ७४३ संक्रमित थपिएका छन् । जसमा  प्रदेश १ को इलाममा १, झापामा १०, तेह्रथुममा १, मोरङमा १५ र सुनसरीमा ६ जना छन् ।

त्यसैगरी प्रदेश २ को धनुषामा ३, पर्सामा ३, महोत्तरीमा १ र रौतटहमा १ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा २५०, काभ्रेमा ११, चितवनमा १८ , धादिङमा ६, नुवाकोटमा ११ भक्तपुरमा ३४, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा एक संक्रमित थपिएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा १, तनहुँमा १०, नवलपरासी पूर्वमा १, पर्वतमा २, मनाङमा ५, म्याग्दीमा ९, लमजुङमा १९, बागुलङमा १४ र स्याङजामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९,गुल्मीमा एकजना, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ५, बाँकेमा १८ र रुपन्देहीमा ४५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको अछाममा ६, कंचनपुरमा ४२, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा ३, बझाङमा ३ र बाजुरामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : २५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ