उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को डीपीआर तयार « Khabarhub

उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को डीपीआर तयार


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए । तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण गरेका थिए । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाबाट स्मार्ट सिटी आयोजनालाई तीव्रता दिन निर्देशन भएको थियो ।

‘अब ‘डीपीआर’लाई सहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको भौतिक विकास समितिमा पेस गरिनेछ, त्यहाँबाट अनुमोदन भइसकेपछि डीपीआर पुनः सहरी मन्त्रालयमा आउँछ र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ’ तिवारीले भने । मन्त्रिपरिषद्को स्वीकृतिपछि राजपत्रमा सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम शुरु हुने र आयोजना तीव्र गतिमा अगाडि बढ्ने उनले बताए ।

भौतिक विकास समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सचिव, बाग्मती प्रदेशका भौतिकमन्त्री र विभिन्न ११ वटा सङ्घीय मन्त्रालयका सचिव, काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाका नगरप्रमु्ख तथा काठमाडौँ उपत्यकाका अन्य नगरपालिका मध्येबाट सहरी मन्त्रालयले तोकेका तीनवटा नगरपालिकाका नगरप्रमुख छन्। काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख यस समितिका सदस्यसचिव छन् ।

प्राधिकरण प्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृति भएमा चालू आर्थिक वर्ष भित्रमा नै यस आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चित गर्ने बताए । सरकारले जमानी बसेको अवस्थामा यो स्मार्ट सिटी निर्माण गर्न चिनियाँ, कोरियन र अमेरिकन कम्पनी लगानी गर्न तयार रहेको उनले बताए ।

सबैभन्दा ठूला स्मार्ट सिटीका लागि ग्लोबल बोलपत्र आह्वान गर्नुपर्छ भने बाँकी तीन सिटीका लागि राष्ट्रिय कम्पनीले निर्माणको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरिने प्राधिकरणले जनाएको छ ।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौँ इशान’ स्मार्ट सिटी निर्माण गर्ने प्रस्ताव गरिएको छ । तिवारीले त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौँ आग्नेय’, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको बताए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : २० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर