महोत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक « Khabarhub

महोत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ ।

प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ ।

उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहलाई आआफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए ।

जिल्लामा १५ स्थानीय तह रहेका छन् । उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा अनुमति विनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ । सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने समन्वय समितिका संयोजकसमेत रहनुभएका सिंहले जानकारी दिए ।

चुरे पहाडि शृङ्खला र नदी एवं जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा ढुङ्गाको अवैध उत्खनन् बढेको जन गुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन् । करिब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराएका थिएनन् ।

आवश्यक कागजात उपलब्ध नगराउने र उत्खनन् कार्य जारी राखेका उद्योगलाई पूर्ण रुपले बन्द गराउने निर्णय गरिएको जनाइएको छ । जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहतका नदी र नदीउकास जग्गामा क्रसर र बालु प्रशोधन उद्योग सञ्चालित छन् ।

उद्योगले जथाभावी उत्खखन् गर्दा बनेका खाल्डामा परेर बर्षेनी मानवीय क्षति हुँदै आएको छ । अवैध उत्खनन् भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत पुस २५ गते हत्या गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ३३ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा