लिभरपुलले वुल्भ्सलाई २–१ ले हरायो « Khabarhub

लिभरपुलले वुल्भ्सलाई २–१ ले हरायो


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको अति नजिक पुगेको छ ।

उसले उपाधि तर्फको आफ्नो यात्रालाई थप बलियो बनाएको छ। लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलका लागि हेन्डर्सन र रोबर्टो फिरमिनोले गोल गरे । वुल्भ्सका लागि जिमेनेजले एक गोल फर्काए । आठौँ मिनेटमा हेन्डर्सनको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो ।

पहिलो हाफमा पछि परेको वुल्भ्सका लागि ५१ औँ मिनेटमा जिमेनेजले बराबरी गोल गरे । तर फिमिनोले ८४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । यो जितपछि जर्गेन क्लोप्पको टिम लिभरपुलले १६ अंकको अग्रता कायम गरेको छ ।

शीर्ष स्थानको उसको २३ खेलबाट ६७ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । यो सिजन लिगका २३ मध्ये २२ खेल जितेर अपराजित रहेको लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्ने तर्फ महत्वपूर्ण पाइला चालेको हो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ३९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको