१ वर्षपछि एकदिवसीय शृङ्खला खेल्दै नेपाल « Khabarhub

१ वर्षपछि एकदिवसीय शृङ्खला खेल्दै नेपाल


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) पोखराको बसाइँ टुङ्गाएर काठमाडौं फर्किँदैछ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणाात्मक शृङ्खलाको बन्द प्रशिक्षणका लागि पोखरा गएको नेपाली टोली शुक्रबार काठमाडौं फर्किन लागेको हो ।

नेपालले फ्रेबुअरी ५देखि १२ सम्म अमेरिका र ओमानसँग एकदिवसीय त्रिकोणात्कम शृङ्खला खेल्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुन लागेको शृङ्खला नेपालले अहिलेसम्म खेलेका प्रतियोगिता भन्दा ठूलो प्रतियोगिता हो । यसअघि नेपालले काठमाडौंमा एकदिवसीय शृङ्खला खेलेको छैन।

त्यतिमात्र होइन पछिल्लो एक बर्षमा नेपालले एकदिवसीय अफिसियल खेल पनि खेलेको छैन् । अन्तिम पटक नेपालले २०१९ को जनवरि २५ देखि २८ सम्म युएईसँग खेलेको थियो ।

उक्त तीन दिनको शृङ्खला नेपालले २-१ ले जित्दै एतिहासिक उपलब्धि हात पारेको थियो । एकदिवसीय मान्यता पाएको २ वर्ष भइरहँदा नेपालले मात्रै २ शृङ्खला खेलेको छ।

२०१८ मा नेपालले एकदिवसीय मान्या पाइसकेपछि नेदरल्यान्डस्सँग २ खेलको शृङ्खला खेलेको थियो भने उक्त शृङ्खलामा १-१ को बराबरी भएको थियो ।

त्यसैले पनि लिग २ अन्तर्गतको शृङ्खला नेपालका लागि तेस्रो एकदिवसीय शृङ्खला हो ।  त्यतिमात्र होइन टियु क्रिकेट मैदान पनि एकदिवसिय मान्यता प्राप्त मैदान बन्ने भएको छ ।

लिग २ खेल्ने टोली:

ज्ञानेन्द्र मल्ल (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दिप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी:

सुवास खकुरेल
पवन शराफ
सन्दिप जोरा
किसोर महतो

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ३१ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल