पैसा जोगाउन यसरी गर्नुहोस बचत « Khabarhub

पैसा जोगाउन यसरी गर्नुहोस बचत


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, पैसा सबथोक होइन । तर केही जरुर पनि हो । हरेक सपनालाई साकार तुल्याउन र दैनिक जीवन निर्वाहका लागि पनि पैसाको आवश्यकता पर्छ । प्रायजसो मानिसहरु पैसा जति भयो त्यति खर्च गर्ने प्रवृत्तिका पनि हुन्छन् ।

जसको आम्दानी भन्दा बढी खर्च गर्ने बानी हुन्छ । तर जति कमाइन्छ त्यसमध्ये थोरै बचत गर्नुपर्छ । आफ्नो कमाइअनुसारको जीवनशैली बिताउन सकेमा सन्तुष्टि आफैं मिल्छ ।

यसरी गर्नुस् बचत :

– सामान किनमेल गर्न जानुअगाडी आफुलाइ आवश्यक रहेका कुराहरूको लिस्ट बनाउनुहोस् ।

– बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्रेबारे सोच्नुस् ।

– घरमा खुत्रुके राख्नुस् ।

– सामानको भाउ घटाएर किन्रुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नु्स् ।

– दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुस् ।

– एक रूपियाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरू खुत्रुकेमा राख्ने गर्नुस् ।

– कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुस् । यसले तपाइको पैसा पनि केही बच्छ भने पठन सँस्कृतिको पनि विकास हुन्छ।

– बजारको हल्ला पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररी जानकारी लिएर मात्र खरिद गर्नुस् ।

– आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुस् ।

– यदि तपाइ विधार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानीको स्रोत, खर्च, आर्थीक व्यवस्थापन आदिको बारेमा जानकार रहनुस् ।

– अनावश्यक सामानमा पैसा नफाल्नुस् ।

– धुम्रपान र मधपान गर्न छोड्नुस् ।

– बाहिरको खाना र जँक फुड छोडेर घरको खाना खाने बानी गर्नुस् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले