घाम लागे पनि अझै केही दिन चिसो हुन्छ : मौसमविद् « Khabarhub

घाम लागे पनि अझै केही दिन चिसो हुन्छ : मौसमविद्


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ ।

अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताइन् ।

उनले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताइन् । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ ।

अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेले बताइन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले तराईको हुस्सु/शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १ : ४८ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै