अग्नि सापकोटालाई सर्वोच्चले भन्यो– १२ गते अदालतमा हाजिर हुनु « Khabarhub

अग्नि सापकोटालाई सर्वोच्चले भन्यो– १२ गते अदालतमा हाजिर हुनु


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटालाई १२ गते हाजिर हुन भनेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तब्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग गरेका छन् ।  सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि शुरु भइसकेको निर्वाचन प्रक्रियाअन्तर्गत (नेकपा) नेता सापकोटाको एकल उम्मेदवारी परेको छ ।

माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ ।

अदालतले पनि सापकोटालाई १२ गते नै अदालतमा हाजिर हुन भनेको हो ।

सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेका’ भनिएका लामाको २ महिना पछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो ।

लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकताविरुद्ध मुद्दा दायर गरेकी थिइन् । सोसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमै विचाराधीन छ ।

 

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ४ : २४ बजे

सहकारी व्यवस्थापनमा सक्रिय नमोबुद्ध

काठमाडौँ – नमोबुद्ध नगरपालिकाले पालिकाभित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा

पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्छौँ : मुख्यमन्त्री गिरी

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

काठमाडौँ – सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको

एमालेलाई कमजोर बनाउने षडयन्त्र रच्दै छन् : ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न

काठमाडौँ – नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण