सुत्केरी हुन नसकेपछि कालिकोटकी एक महिलाको हेलिकोप्टरबाट उद्दार « Khabarhub

सुत्केरी हुन नसकेपछि कालिकोटकी एक महिलाको हेलिकोप्टरबाट उद्दार


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

स्वास्थचौकी माल्कोटमा अनमी रहेकी बुढाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार सुर्खेतमा लगिएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए ।

“जिल्लामा सुत्केरी गराउन असम्भव भएपछि सुर्खेतमा लगिएको छ” उनले भने, “सरकारी तबरबाट नै पहल भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : १३ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन