नेपालमा ‘कोरोना भाइरस’को पुष्टिसँगै विदेशबाट आउनेमाथि विमानस्थलमा निगरानी बढाइयो  « Khabarhub

नेपालमा ‘कोरोना भाइरस’को पुष्टिसँगै विदेशबाट आउनेमाथि विमानस्थलमा निगरानी बढाइयो 


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि विदेशबाट आउने यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप निगरानी बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी विदेशबाट आउने यात्रुको विमानस्थलमै उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रालयका अनुसार टेकु अस्पतालका ३ जना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी थप गरिएको छ ।

‘कोरोना भाइरस’ नेपालमा पनि फैलनसक्ने जोखिम बढेपछि विमानस्थलको ‘हेल्थ डेस्क’लाई थप सक्रिय बनाइएको मन्त्रालयले जनाएको हो ।

हेल्थ डेस्कले गएको सोमबारदेखि चीनबाट आउने पर्यटकको स्वास्थ्य परीक्षण शुरु गरेको थियो । यस भाइरसका कारण चीनमा हालसम्म २५ जनाको ज्यान गइसकेको छ ।

अहिले चीनबाट नेपाल घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेका कारण यसको जोखिम बढ्न सक्ने भन्दै विमानस्थलको हेल्थ डेक्सलाई थप सक्रिय बनाइएको हो ।

हाल कोरोनाभाइरस चीन, जापान, कोरिया, थाइल्यान्ड लगायतमका मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ०९ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।