एमसीसी सोझै सदनमा टेबुल गर्ने ओली-प्रचण्डको समझदारी | Khabarhub Khabarhub

एमसीसी सोझै सदनमा टेबुल गर्ने ओली-प्रचण्डको समझदारी


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच समझदारी भएको छ ।

नेकपाको स्थायी कमिटीले एमसीसीबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी अनुमोदन गराउन समझदारी भएको हो ।

बिहीबार दुई अध्यक्षबीच भएको छलफलमा एमसीसीलाई सचिवालयमा नलगी सोझै संसदमा टेबुल गर्ने समझदारी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

नेकपा भित्रै एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र मतभेद भइरहेका बेला अध्यक्षद्वयले जिम्मेवारी लिएर आवश्यक बुँदा परिमार्जनसहित एमसीसीको प्रस्ताव सोझै संसदमा लैजाने भद्र सहमति गरेको रिमालले बताए ।

दुई अध्यक्षबीचको समझदारीपछि आज (शुक्रबार) नवलपरासीमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमसीसीका केहि बुँदा परिमार्जन गरेर संसदबाट अनुमोदन गर्ने बताएका थिए ।

उनले पार्टीका कार्यकर्ता समक्ष नेकपाले राष्ट्रिय हीत विपरीतका कुनै सम्झौता स्वीकार्य नहुने बताउँदै एमसीसीबारे अमेरिकासँग संवाद गरेर आवश्यक परिमार्जन सहित अघि बढ्ने बताएका छन् ।

यता नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भने एमसीसीका विषयमा सचिवालयमा कुनै छलफल नभएको बताए । ‘स्थायी कमिटी बैठकले आवश्यक छलफलपछि निर्णय लिने भनेर सचिवालयलाई जिम्मेवारी दिएको छ । तर, यो विषय सचिवालयको कुनै बैठकमा उठेको छैन् ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल राजपा, कमल थापा नेतृत्वको राप्रपाले पनि एमसीसी बिलम्ब नगरी चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ९ : २५ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट