टी – ट्वान्टी सिरिज : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित « Khabarhub

टी – ट्वान्टी सिरिज : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टिम दक्षिण अफ्रिकाले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै तीन खेलको श्रृंखलामा १ – १ को बराबरी गरेको छ ।

पोर्ट एलिजावेथमा आइतबार राति दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै स्टिभ स्मिथले २९ रन जोड्दा कप्तान आरोन फिन्च र एलेक्स केरीले समान १४/१४ रन बनाए । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ३७ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले जितेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ०१ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले