ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै « Khabarhub

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ ।

ऐतिहासिक महत्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी डाँडामा उत्खननका लागि सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

पुरातात्विक विभागको सहकार्यमा मुकुन्देश्वरी डाँडाको संरक्षण र उत्खननका लागि सम्भाव्यता अध्ययन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

उक्त ठाउँको सम्भाव्यता अध्ययनका लागि विभागका मन्जुसिं भण्डारीको नेतृत्वमा टोली आइपुगेको छ । टोलीले आइतबार त्यस क्षेत्रको स्थलगत अवलोकन गर्दै तथ्याङ्क सङ्कलन र सर्भे गर्ने काम शुरुआत गरेको उनले जानकारी दिए ।

“मुकुन्द सेन राजाले शासन गरेको यस ठाउँको महत्वलाई प्रचारप्रसार गर्न र संरक्षणका लागि उत्खनन गर्ने कामको थालनी गरेका हौँ”, अध्यक्ष थापाले भने । विभागको टोलीले बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रकोट र हुस्लाङकोटको पनि स्थलगत अध्ययन गर्नेछ । गाउँपालिकाले चन्द्रकोटमा गढी निर्माण गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक यस ठाउँमा भित्र्याउने गाउँपालिकाको योजना छ । “बन्दीपुर गण्डकी प्रदेशको राजधानी पोखरापछिको दोस्रो पर्यटकीय गन्तव्य हो, यहाँ आउने पर्यटकलाई भुलाइ राख्नका लागि नयाँ–नयाँ गन्तव्य पहिचान गर्न लागिएको छ”, उनले भने , “त्यसकै लागि मुकुन्देश्वरी क्षेत्रको उत्खननको प्रयास थालेका हौँ ।”

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस ठाउँमा मुकुन्देश्वरी मन्दिर पनि छ ।

गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । गत आर्थिक वर्षमा रु दश लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा रु ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ ।

करिब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब रु दुई करोड बजेट अनुमानित गरिएको छ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ”, अध्यक्ष थापाले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : २५ बजे

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

वाशिङ्टन डीसी-– अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा