नेयमारलाई रेड कार्डका बाबजुद पीएजीको जीत « Khabarhub

नेयमारलाई रेड कार्डका बाबजुद पीएजीको जीत


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खराब अवस्थाबाट गुज्रिरहेका ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए पनि लिग वान फुटबलमा पीएसजीले पुनरागमन जीत निकालेको छ ।

आईतबार रातिको खेलमा ९२ औं मिनेटमा रातो कार्ड खाँदै नेयमार मैदान बाहिरिए पनि पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो।

लिग वान लिडरले पछिल्लो साता एमिन्ससंग ४–४ गोलको बराबरी खेलेको थियो । त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगको खेलमा बोरुसिया डर्टमण्डसंग २–१ ले हारेको थियो ।

पीएसजीको जीतमा मार्किन्होसले दुई तथा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

बोर्डोका ह्वाङ वि जोले सुरुवातमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यस्तै क्लबका लागि नाससिमेन्टो डी कास्ट्रो र रुबिन पाड्रोले एक एक गोल गरेका थिए ।

दोस्रो हाफको अन्तिम मिनेटमा यासीन अदलीलाई लडाएपछि नेयमार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

उनले शनिबार घरेलु मैदानमा डिजोनबिरुद्ध हुने खेल गुमाउनेछन् । जीतसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ । शीर्ष स्थानको पीएसजीको ६५ अंक भएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ५७ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार