पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ « Khabarhub

पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ परेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली सोमबार गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका थिए ।

ओली पोखरा आउने सूचना पाएपछि समाजवादी पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने कार्यक्रम राखेका थिए ।

ओलीलाई कालो झण्डा देखाउ पोखरा सभागृह गेट अगाडि जम्मा भएर नाराबाजी गरिरहेकालाई पक्राउ गरिएको हो ।

नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिका अनुसार ओली सोमबार पोखरा पुगेका हुन् । सोमबार र मंगलबार गरी २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ५६ बजे

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न