पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ « Khabarhub

पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ परेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली सोमबार गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका थिए ।

ओली पोखरा आउने सूचना पाएपछि समाजवादी पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने कार्यक्रम राखेका थिए ।

ओलीलाई कालो झण्डा देखाउ पोखरा सभागृह गेट अगाडि जम्मा भएर नाराबाजी गरिरहेकालाई पक्राउ गरिएको हो ।

नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिका अनुसार ओली सोमबार पोखरा पुगेका हुन् । सोमबार र मंगलबार गरी २ दिन चल्ने प्रशिक्षण कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ५६ बजे

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली- स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगञ्ज– बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको