ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला | Khabarhub Khabarhub

ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहमदावाद– भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि गुजरात राज्यको अहमदावाद शहरमा हजारौं मानिसहरु भेला भएका छन् ।

एअरफोर्स वान विमानबाट अहमदावाद विमानस्थल ओर्लिएका ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री आफैं त्यहाँ पुगेका थिए ।

ट्रम्पको स्वागतका लागि विमानस्थलमा सयौं मानिसहरुले परम्परागत सङ्गीत एवंम् नृत्य प्रस्तुत गरेका छन् । विमानस्थल ओर्लिएलगत्तै ट्रम्प भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको साबरमती आश्रम पुगेर त्यहाँ गान्धीको ऐतिहासिक चर्खा पनि चलाए ।

ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला मोटेरा स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम समेत छ । उनले उक्त रंगशाला पुगेर ‘नमस्ते ट्रम्प’ नामक र्‍यालीमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । र्‍यालीमा ट्रम्पको भाषण सुन्न १ लाख १० हजार जना क्षमताको उक्त रंगशाला भरिभराउ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत भ्रमणमा आउनुअघि राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गर्दै भारत भ्रमणका लागि आफू तत्पर रहेको जनाएका थिए । त्यसको प्रतिक्रियास्वरुप प्रधानमन्त्री मोदीले ‘अतिथी देवो भवः’ भन्ने ट्वीट गरेका थिए ।

राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १ : ५२ बजे

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको