ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला « Khabarhub

ट्रम्पको भाषण सुन्न अहमदावादमा हजारौं मानिस भेला


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहमदावाद– भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि गुजरात राज्यको अहमदावाद शहरमा हजारौं मानिसहरु भेला भएका छन् ।

एअरफोर्स वान विमानबाट अहमदावाद विमानस्थल ओर्लिएका ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री आफैं त्यहाँ पुगेका थिए ।

ट्रम्पको स्वागतका लागि विमानस्थलमा सयौं मानिसहरुले परम्परागत सङ्गीत एवंम् नृत्य प्रस्तुत गरेका छन् । विमानस्थल ओर्लिएलगत्तै ट्रम्प भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको साबरमती आश्रम पुगेर त्यहाँ गान्धीको ऐतिहासिक चर्खा पनि चलाए ।

ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला मोटेरा स्टेडियमको उद्घाटन गर्ने कार्यक्रम समेत छ । उनले उक्त रंगशाला पुगेर ‘नमस्ते ट्रम्प’ नामक र्‍यालीमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । र्‍यालीमा ट्रम्पको भाषण सुन्न १ लाख १० हजार जना क्षमताको उक्त रंगशाला भरिभराउ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत भ्रमणमा आउनुअघि राष्ट्रपति ट्रम्पले हिन्दी भाषामा ट्वीट गर्दै भारत भ्रमणका लागि आफू तत्पर रहेको जनाएका थिए । त्यसको प्रतिक्रियास्वरुप प्रधानमन्त्री मोदीले ‘अतिथी देवो भवः’ भन्ने ट्वीट गरेका थिए ।

राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १ : ५२ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,