भ्रष्टाचारको विरोध गर्दा नेकपा नेता साहसँग स्पष्टीकरण माग ! « Khabarhub

भ्रष्टाचारको विरोध गर्दा नेकपा नेता साहसँग स्पष्टीकरण माग !


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले भ्रष्टाचारको विरोधमा आवाज उठाएपछि पार्टी सचिवालयले स्पष्टीकरण मागेको छ ।

फागुन १० गते बसेको नेकपा सचिवालय बैठकले पार्टी एकता पछि हालसम्मकै पहिलो स्पष्टीकरणको पत्र प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका प्रभु साहलाई काटिएको हो । गत माघ २६ गते नेता साहले सामाजिक सञ्जाल फेसबुकमार्फत ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद भएको भन्दै टिप्पणी गरेका थिए ।

उनले प्रधानमन्त्रीय शासन प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा हुने तर भ्रष्टाचार गरे कानुन नलाग्ने व्यवस्था गलत भएको भन्दै आलोचना गरेपछि उक्त विषय नेकपा सचिवालय बैठकमा प्रवेश भएको थियो ।

एक जना सचिवालय सदस्यका अनुसार नेता साहको स्टाटस वरिष्ठ नेता माधव कुमार नेपालप्रति लक्षित रहेको तथा त्यसबाट नेता नेपालको अपमान भएको पार्टी सचिवालयको ठहर छ ।

सचिवालय बैठकमा यस विषयमा लामो चर्चा समेत भएको थियो । सचिवालय बैठकमा एक नेताले प्रभु साहको बचाउ पनि गर्न खोजेका थिए । पार्टीका नेताप्रति लक्षित नभइ नेता साहले भ्रष्टाचारको विरुद्धमा आवाज उठाएको तर्क गरे पनि सचिवालयका अधिकांश सदस्यले यसलाई गलत ठहर गरेका थिए ।

सचिवालयले नेता साहलाई पठाएको पत्रमा भनिएको छ‘तपाईले पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ?, तपाईंलाई पार्टीले किन कारबाही नगर्ने ?’

नेकपाका एक केन्द्रीय सदस्य नाम नखुलाउने शर्तमा भने, “प्रभु कमरेडले भ्रष्टाचार, वेथितिको विरुद्ध बोल्नु भएको हो । उहाँले न्याय प्रणालीले गलत गर्ने प्रधानमन्त्रीलाई बक्सिनुहँदैन भन्ने कुराको उठान गर्नुभएको हो । त्यो एकदम सही हो र हामी त्यसको समर्थन गर्छौँ । तर भ्रष्टाचारमा मुछिएका नेतालाई स्पष्टीकरण माग्नुको सट्टा भ्रष्टाचारको विरुद्धमा बोल्नेलाई किन विरोध गरिस् भनेर प्रश्न सोध्नु गलत हो । हामी यसको विरुद्धमा पार्टीमा आवाज उठाउछौँ ।“

नेता साहले भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा स्पष्टिकरण माग गरिएपछि यी प्रश्न नेकपाका नेता तर्फ सोझिएको नेकपाकै नेता कार्यकर्ताहरु बताउँछन् ।

नेकपालाई सोध्नु पर्ने प्रश्न ?

१) के एउटा जनप्रतिनिधिले अख्तियारको निस्पक्षताबारे प्रश्न गर्न पाउँदैन ?

२.) गोकुल बास्कोटा काण्ड, भीम रावल र सूर्य थापाका विषयमा केही नबोल्ने, तर भ्रष्टाचार बिरुद्ध निस्पक्ष छानबिन गर्नुपर्छ भन्दा प्रभु साहलाई किन स्पष्टीकरण ?

३) के नेकपाले भ्रष्टाचारीको संरक्षण गर्ने नीति लिएको छ ?

४) आफ्नै पार्टीको सांसदको आवाज दबाउन खोज्ने पार्टीले प्रतीपक्षको कुरा के सुन्छ ?

५) के नेकपाले निरंकुशताको अभ्यास गर्दैछ ?

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : २२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला