एमसीसीमा नेकपाले द्वैध चरित्र देखायो– कमल थापा « Khabarhub

एमसीसीमा नेकपाले द्वैध चरित्र देखायो– कमल थापा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आएका थापाले सोमबार पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाए ।

अध्यक्ष थापाले एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताए । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उनको भनाइ छ ।

उनले एमसीसीमा नेकपाले द्वैध चरित्र देखाएको आरोप लगाए । ‘एमसीसी अहिलेको अवस्थासम्म आइपुग्नलाई कांग्रेस, तत्कालीन एमाले र माओवादी पार्टी उत्तिकै जिम्मेवार छन्, उहाँहरुले सम्झौताको खाका तयार गर्नुभयो, सम्झौता पनि उहाँहरुले नै गरेको हो,’ पूर्वगृह तथा परराष्ट्रमन्त्रीसमेत रहेका थापाले भने, ‘अहिले नेकपाभित्रको झगडाले यसबारे विभिन्न भ्रमहरु पैदा गरिएको छ, धेरै बहस र चर्चाको विषय बनाइएको छ ।’

उनले एमसीसीलाई अन्तिम रूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड) कै पालामा भएको पनि प्रस्ट पारे । एमसीसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अराजक मनस्थिति प्रदर्शन गरेको बताउँदै उनले भने, ‘एमसीसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्र हितमा लागू गर्नुको विकल्प छैन ।’

अध्यक्ष थापाले नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको बताए । उनले भने, ‘यदि संविधान संशोधन गर्ने नै भए राजसंस्थासहितको हिन्दू राष्ट्र हुनुपर्ने जनताको चाहनालाई सम्बोधन गरौँ, यो हाम्रो पार्टीको मात्र नभई ८० प्रतिशत जनताको चाहना हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ३ : २२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन