नेम्वाङ र देवकोटाद्वारा संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार « Khabarhub

नेम्वाङ र देवकोटाद्वारा संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा)का सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न भनेर अध्ययनका लागि गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाका २ जना नेताले अस्वीकार गरेका छन् ।

नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न भनेर वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको विषय सार्वजनिक भएको थियो । नेकपा नेताहरुले औपचारिक रुपमा कार्यदल गठन भएको अस्वीकार गर्दै आए पनि संयोजक भनिएका नेता नेपालले भने सोमबार कार्यदलको बैठक बोलाएका थिए ।

नेता नेपालले सोमबार आफ्नो निजी निवासमा कार्यदलका सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटालाई बोलाएका थिए । तर, नेम्वाङ र देवकोटाले भने नेपाललाई भेटेर आफूहरु कार्यदलमा बस्न नसक्ने बताएका छन् ।

नेकपाले उपाध्यक्ष बामदेव गौतमको चाहनाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि अध्ययन कार्यदल बनाएको थियो ।

२०६४ सालमा भएको आम निर्वाचनमा पत्यक्षतर्फ चुनाव लडेर पराजित भएका गौतम आफू प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्रै राष्ट्रियसभामा जान तयार रहेको बताउँदै आएका छन् ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य (हाल अर्थमन्त्री रहेका) डा. युवराज खतिवडाको पदावधि सकिन लाग्दा नेकपाले गौतमलाई राष्ट्रिय सदस्य बन्न प्रस्ताव गरेको छ । तर, गौतमले भने प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्रै संसद प्रवेश गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ३ : ३६ बजे

सुकुम्वासी बस्तीबाट हटाइएकाको यसरी हुँदै छ दर्ता (तस्बिरहरू)

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामङ्गल र मनोहरा क्षेत्रको सुकुम्वासी

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली- स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको