नेम्वाङ र देवकोटाद्वारा संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार « Khabarhub

नेम्वाङ र देवकोटाद्वारा संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा)का सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न भनेर अध्ययनका लागि गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाका २ जना नेताले अस्वीकार गरेका छन् ।

नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न भनेर वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको विषय सार्वजनिक भएको थियो । नेकपा नेताहरुले औपचारिक रुपमा कार्यदल गठन भएको अस्वीकार गर्दै आए पनि संयोजक भनिएका नेता नेपालले भने सोमबार कार्यदलको बैठक बोलाएका थिए ।

नेता नेपालले सोमबार आफ्नो निजी निवासमा कार्यदलका सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटालाई बोलाएका थिए । तर, नेम्वाङ र देवकोटाले भने नेपाललाई भेटेर आफूहरु कार्यदलमा बस्न नसक्ने बताएका छन् ।

नेकपाले उपाध्यक्ष बामदेव गौतमको चाहनाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि अध्ययन कार्यदल बनाएको थियो ।

२०६४ सालमा भएको आम निर्वाचनमा पत्यक्षतर्फ चुनाव लडेर पराजित भएका गौतम आफू प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्रै राष्ट्रियसभामा जान तयार रहेको बताउँदै आएका छन् ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य (हाल अर्थमन्त्री रहेका) डा. युवराज खतिवडाको पदावधि सकिन लाग्दा नेकपाले गौतमलाई राष्ट्रिय सदस्य बन्न प्रस्ताव गरेको छ । तर, गौतमले भने प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्रै संसद प्रवेश गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ३ : ३६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर