भिम रावलको प्रश्नः प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं कसरी काटेर खान सक्नुभो ? « Khabarhub

भिम रावलको प्रश्नः प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं कसरी काटेर खान सक्नुभो ?


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टीको सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले एक दिन ढिलो गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनएको शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलो तह्रथुममा पुगेर धुमधामका साथ आइतबार जन्मोत्सव मनाए पनि नेता रावलले भने सोमबार मात्र ट्वीटरमा जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले तेह्रथुममका धुमधाम साथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएपछि उनको आलोचना समेत गरिएको छ । प्रधानमन्त्रीको जन्मदिनको केकमा नेपालको नक्सा अंकित गरिएको थियो । नेपालको नक्सा भएको केक काटेपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

यस विषयमा नेता रावलले पनि केही गल्तीहरु औंल्याएका छन् । उनले केक काट्ने नेपाली संस्कृति नभएको भन्दै नेपालको नक्सासहितको केक काटेकोमा प्रश्न उठाएका छन्। यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठिक नभएको उनले लेखेका छन् । नेता रावलले पार्टीको निर्णयअनुसार त यस्तो तामझामका साथ जन्म दिन मनाउनै नहुने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्–

‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृद्धि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन। पार्टी निर्णयले झनै मिल्दैन।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : २७ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला