कोरोना संक्रमण : कोरियामा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन कांग्रेसको अपिल « Khabarhub

कोरोना संक्रमण : कोरियामा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन कांग्रेसको अपिल


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि बढ्दोरुपमा देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र पठाउँदै त्यहाँ रहेका सम्पूर्ण नेपालीको सुरक्षामा सतर्कता अपनाउन अपिल गरेका हुन् । उनले नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचार अभिवृद्धि गर्दै यस्तो घडीमा एकतावद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका छन् ।

सभापति देउवाले पठाएको पत्रमा भनिएको छ– ‘कोरोना भाइरसको संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन् । केहीदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहीको मृत्यु समेत भैसकेको विवरण सञ्चार माध्यमहरुमार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संवेदनशीलता प्रति हाम्रो चासो बढेको छ । नेपाल सरकार र नेपाली दूतावासमार्फत हुन सक्ने आवश्यक सजगताबारे हामी घच्घच्याई रहेका छौं ।’

कोरियास्थित नेपाली दूतावासले समेत दक्षिण कोरियामा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरिसकेको छ ।

विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : २४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने