नेपालमा क्रिकेट रंगशाला बनाउन कतारको चासो « Khabarhub

नेपालमा क्रिकेट रंगशाला बनाउन कतारको चासो


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि प्रमुख श्रम बजार रहेको कतारले नेपालमा क्रिकेट रंगशाला निर्माणमा चासो देखाएको छ ।

नेपालका लागि कताकार राजदूत युसुफ बिन मोहम्मद अल हेलले कतारमा नेपालमा क्रिकेट रंगशाला निर्माणका लागि इच्छुक रहेको बताएका छन् ।

सोमबार संघीय संसदका सभामुख अग्नि सापकोटासँगको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत युसुफले नेपालको विमानस्थल सुधारका सहयोग गर्न र क्रिकेट रंगशाला निर्माणमा कतार इच्छुक रहेको बताएका हुन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार भएको भेटमा राजदूत युसुफले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई समेत ज्ञापन गरे ।

सभामुख सापकोटाले विगत ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । भ्रमण वर्ष २०२० का लागि सहयोग गर्न कतारले जनाएको प्रतिवद्धताप्रति पनि सभामुख सापकोटाले कृतज्ञता जनाए ।

सभामुख सापकोटाले सन् २०२२ को विश्वकप फुटबलको सफल आयोजनका लागि पनि कतारलाई शुभकामना दिए । जवाफमा राजदूत युसुफले कतारले विश्वकप आयोजना गर्ने अवस्थासम्म पु¥याउनका लागि नेपाली श्रमिकको ठूलो योगदान रहेको स्मरण गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : २५ बजे

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय