प्रधामन्त्री ओलीको व्यंग्य : विरोध गर्ने विषय नपाएपछि दौराको रङ मिलेन भन्न थाले « Khabarhub

प्रधामन्त्री ओलीको व्यंग्य : विरोध गर्ने विषय नपाएपछि दौराको रङ मिलेन भन्न थाले


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले विरोधका लागि कुनै विषय नै नपाएर कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्न थालेको भन्दै व्यंग्य गरेका छन् ।

नेकपा गण्डकी प्रदेशद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरुसँग विरोध गर्ने कुनै विषय नै नभएको बताए ।

समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोण रहेको र त्यसलाई पूरा गर्ने उच्च सामर्थ्यका साथै इच्छाशक्तिसमेत रहेको बताए ।

पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको ओलीको भनाइ थियो । ‘सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।’

अहिले मार्क्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले मार्क्सवादले मानवीय आकाङ्क्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताए । अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उनले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत मानवअधिकारका विविध आयामलाई समेटेको पनि दाबी गरे ।

‘मार्क्सवाद विषयवस्तुको ग्रन्थ होइन समाजवाद हो, यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ’, विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउँदै ओलीले भने, ‘अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।’

संसद्मा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौँ, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताले महसुस गर्न काम गरेका छौँ, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : २७ बजे

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना