गड्डाचौकी नाकाबाट ‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति « Khabarhub

गड्डाचौकी नाकाबाट ‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीलाई भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने/जाने सबैलाईै मास्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ ।

“शंकास्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको छ” इप्रका गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले भने, “भारतले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो ।”

मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म माष्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ । त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा कडाइ गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ५१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई