प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित « Khabarhub

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको जानकारी दिए । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा परिषद् गठन गर्दा दलगत स्वार्थभन्दा माथि उठेर युवा समुदायलाई समेटिनु पर्ने सुझाव दिएका थिए ।

उनीहरुले युवालाई नैतिक शिक्षाको अध्ययन गर्न विपत्को व्यवस्थापनमा तत्काल उद्धार गर्न र गुणात्मक जनशक्तिलाई विकासको पूर्वाधार विकासमा सहभागी गराउने नीतिगत कार्यक्रम समावेश गर्न आग्रह गरे ।

उनले प्रदेश सरकारले उक्त ऐनलाई लागूगर्ने क्रममा सबै युवा समुदायलाई योग्यता, क्षमता र प्रतिभाअनुसार निष्पक्षका साथ सहभागी गराउन माग गरे ।

सामाजिक विकासमन्त्री युवराज दुलालले विधेयकको सैद्धान्तिक पक्षमा उठेको जिज्ञासालाई उत्तर दिँदै सरकारले युवा समुदायलाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने र खेलकूद, साहित्य र पत्रकारिताको क्षेत्रको विकासमा नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवमा क्रमशः योजना कार्यान्वयन गर्नेतर्फ लक्ष्य रहेको बताए ।

बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले मुलुकका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक फागुन १९ गते दिनको १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ३० बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल