प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित « Khabarhub

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको जानकारी दिए । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा परिषद् गठन गर्दा दलगत स्वार्थभन्दा माथि उठेर युवा समुदायलाई समेटिनु पर्ने सुझाव दिएका थिए ।

उनीहरुले युवालाई नैतिक शिक्षाको अध्ययन गर्न विपत्को व्यवस्थापनमा तत्काल उद्धार गर्न र गुणात्मक जनशक्तिलाई विकासको पूर्वाधार विकासमा सहभागी गराउने नीतिगत कार्यक्रम समावेश गर्न आग्रह गरे ।

उनले प्रदेश सरकारले उक्त ऐनलाई लागूगर्ने क्रममा सबै युवा समुदायलाई योग्यता, क्षमता र प्रतिभाअनुसार निष्पक्षका साथ सहभागी गराउन माग गरे ।

सामाजिक विकासमन्त्री युवराज दुलालले विधेयकको सैद्धान्तिक पक्षमा उठेको जिज्ञासालाई उत्तर दिँदै सरकारले युवा समुदायलाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने र खेलकूद, साहित्य र पत्रकारिताको क्षेत्रको विकासमा नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवमा क्रमशः योजना कार्यान्वयन गर्नेतर्फ लक्ष्य रहेको बताए ।

बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले मुलुकका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक फागुन १९ गते दिनको १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ३० बजे

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै