प्रधानमन्त्री ओलीको ‘जन्मोत्सव’मा डेढ करोड खर्च ! « Khabarhub

प्रधानमन्त्री ओलीको ‘जन्मोत्सव’मा डेढ करोड खर्च !


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन करीव डेढ करोड  खर्च भएको दाबी गरिएको छ । नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न शीर्षकमा खर्च भएको रकमको लागत जोड्दा जम्माजम्मी १ करोड ४२ लाख रुपैयाँ हिसाब निकालेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो आफ्नो पुर्ख्यौली गाउँ तेह्रथुमको इवा पुगेर धुमधामसाथ जन्मोत्सव मनाए ।

बालुवाटारमा मनाएको  जन्मदिनले चर्चा नपाए पनि आठराईको कार्यक्रमको चर्चाभन्दा बढी आलोचना भएको छ । नेपालकाे नक्सा अंकित केट काटेको विषयमा पनि सामाजिक सञ्जालमा उस्तै आलोचना भएको छ ।

झापादेखि क्याटरिङ आठराईमा लगेर ६ हजारलाई भोज खुवाइएको विषय पनि सामाजिक सञ्जालमा चर्चामाछ । प्रधानमन्त्रीको जन्मोत्सवमा भएको तामझाममका भएको खर्चको विषयमा पूर्वसचिव उपाध्यायले यस्तो हिसाब निकालेका छन्-

उनका अनुसार के मा कति खर्च ?

१. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज)
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ

२. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ

३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ

४. चार वटा हेलिकप्टर खर्च ( कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ

५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ

६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ

प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्यूनतम रकम निकाल्दै सालाखाला करिब डेढ करोड रुपैयाँ खर्च भएको उनले दाबी गरेका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ५९ बजे

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत

एजेन्सी– जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । 

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी र अवसरवादी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी