मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण « Khabarhub

मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् ।

आज अपरान्ह मन्त्रालयमा मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिए । उनले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले सबैले ‘हामीले नगरे कसले गर्छ’ भन्ने भावना विकास गर्न सके मात्रै नयाँ युगको शुरवात हुने बताए ।

नयाँ परिस्थितिबाट सरकार निर्माण भएपछि काम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियो ।

उनले भने, “विगतमा वर्षवर्षमा सरकार ढल्ने अवस्था भएकामा स्थिर सरकार बनेसँगै त्यो अवस्था हटेको छ ।”

मन्त्री नेम्वाङले आजै वाग्मती एकीकृत सभ्यतासँग जोडिएको विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर समेत गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ५२ बजे

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक