लतिपुरमा पाँच दिन विद्युत सेवा अवरुद्ध हुने  « Khabarhub

लतिपुरमा पाँच दिन विद्युत सेवा अवरुद्ध हुने 


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल विद्युत् प्राधिकरणले ललितपुरको पुल्चोक वितरण केन्द्रको पाटन–फर्पिङ फिडरबाट वितरित ११ केभी लाइन स्तरोन्नती (अपग्रेडिङ) गर्नेभएपछि ललितपुरका केही क्षेत्रमा पाँच दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवारवस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा ५ दिन विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको हो ।

प्राधिकणका अनुसासार १३ ,१५ ,१७, १९ र २० गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिद्युत सेवा प्रभावित हुनेछ । उक्त फिडरबाट बिजुली लिएका ग्राहकलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ।

निर्धारित समय अगावै सम्पन्न भएमा उक्त समयभन्दा अगावै विद्युत सेवा सुचारू हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : २७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन