कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ९ वटा सवारी साधनमा क्षति | Khabarhub Khabarhub

कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ९ वटा सवारी साधनमा क्षति


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कलंकीमा ट्रकले ठक्करबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाकाो ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटनास्थलमा खटिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले खबरहबलाई जानकारी दिए ।

ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकले सडकमा गुडिरहेका ९ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर, कार, तीनवटा मोटरसाइकल, ट्याक्सीमा समेत क्षति पुगेको छ ।  ट्रकमा च्यापिएका एक जना चालकको उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तस्वीर-रोशन दानी

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’