कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ९ वटा सवारी साधनमा क्षति « Khabarhub

कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ९ वटा सवारी साधनमा क्षति


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कलंकीमा ट्रकले ठक्करबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाकाो ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटनास्थलमा खटिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले खबरहबलाई जानकारी दिए ।

ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकले सडकमा गुडिरहेका ९ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर, कार, तीनवटा मोटरसाइकल, ट्याक्सीमा समेत क्षति पुगेको छ ।  ट्रकमा च्यापिएका एक जना चालकको उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तस्वीर-रोशन दानी

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ५३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप