इंग्लिस प्रिमियर लिगमा लिभरपुल र वेष्ट ह्याम भिड्दै « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र वेष्ट ह्याम भिड्दै


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा सोमबार बिहान लिभरपुल र वेष्ट ह्याम भिड्दैछन् ।

लिगको २७ औं खेलमा लिग लिडर लिभरपुलले वेष्ट ह्याम युनाइटेडको सामना गर्न लागेको हो । खेल लिभरपुलको घरेलु मैदानमा सोमबार बिहान १:४५ बजे सुरु हुनेछ ।

एनफिल्डमा लिभरपुल जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । लिगको २६ खेलसम्म लिभरपुल अपराजित रहेको छ ।

लिभरपुलले एक खेल बराबरी खेल्नु बाहेक अन्य सबै खेल जितेको छ । वेष्ट ह्यामलाई हराउँदै लिभरपुल उपाधि होड बलियो बनाउन चाहन्छ ।

लिभरपुलले २६ खेलमा ७६ अंक जोडेको छ । वेष्ट ह्याम भने लिभरपुललाई पहिलो हार चखाउँदै रेलिगेसन जोनबाट बच्न चाहन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : २३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन