कोरोनाभाइरसको प्रभाव इटालीपछि स्पेनमा, एकै दिन ५३९ को मृत्यु | Khabarhub Khabarhub

कोरोनाभाइरसको प्रभाव इटालीपछि स्पेनमा, एकै दिन ५३९ को मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ ।

युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा ६ सय १ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ७७ रहेको छ भने संक्रमितको संख्या ६३ हजार ९ सय २७ पुगेको छ ।  जसमा एकै दिन ४ हजार ७ सय ८९ नयाँ संक्रमित देखिएका हुन् ।

त्यसैगरी  स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार तीन सय ११ पुगेको छ । जहाँ एकै दिनमा ५ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा आइतबार एकैदिन तीन सय ९४ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गएको थिए ।

स्पेनमा सङ्क्रमितमध्ये तीन हजार तीन सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार तीन सय ५५ जनाको अवस्था गम्भीर छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गएको शनिबार यो महामारीसँग लड्न सरकार जे आवश्यक पर्छ त्यो गर्ने बताएका छन् । उनले नागरिकहरुलाई सचेत गराउँदै भनेका थिए, ‘अझै खराब समय आउन बाँकी छ ।’

स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ ।

स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ५८ बजे

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा

पूर्वराष्ट्रपति भण्डारीको आह्वान : संवैधानिक दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाऊँ

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा भएको ठूलो

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न सेनासँग रामकुमारीको माग

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेपाली सेनासँग

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन-जी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा