आजदेखि नेपाल 'लकडाउन', अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने | Khabarhub Khabarhub

आजदेखि नेपाल ‘लकडाउन’, अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाएको जानकारी दिए ।

उनले भने, ‘सुरक्षाा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।’

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द गरिने उनले बताए ।

अत्यावश्यक कर्मचारी उपस्थित हुनेगरी अन्य कर्मचारीलाई सम्बन्धित कार्यलय प्रमुखले बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

उद्योग कर्मचारीलाई समेत बिदा दिइने निर्णय भएको उनले बताए । त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिने समेत निर्णय भएको छ ।

सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड स्वीकृत गरेको उनले बताए ।

के हो ‘लकडाउन’?

कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रचलनमा आएको शब्द हो ‘लकडाउन’ ।

संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुपहरु ‘लकडाउन’ शब्दमार्फत झल्किएका छन् ।

‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ।

अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।

नेपालमा लागु गरिएको ‘लकडाउन’ अनुसार यहाँ अब सात दिनसम्म सार्वजनिक र निजी सबै यातायात बन्द रहनेछन् ।

तर अत्यावश्यक, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइने छैन ।

सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन्।

तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल निश्चित समयसम्म खुला रहनेछन्।

यस्तै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ३० बजे

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको