आजको मौसम : सामान्य बदली, मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आजको मौसम : सामान्य बदली, मेघ गर्जनसहित पानी पर्ने सम्भावना


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशभरको मौसममा सामान्य बदलीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्ह पश्चात विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार दिउँसो पुर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी राति देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

यस्तै भोली चैत ११ गत्ते मंगलबार देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहने छ । पश्चिमी हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार राति पनि देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पर्सी चैत १२ गत्ते बुधबार पनि देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पूर्वी र मध्य पहाडी भू-भागका १(२ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको भने बुधबार राति देशको पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र ११ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बुधबार)

दिउँसोः देशको मध्य र पुर्वि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलि हुने देखिन्छ।पुर्व र मध्यका पहाडि भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १३ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ३९ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य