हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण नरोकिने डब्लूएचओको चेतावनी « Khabarhub

हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण नरोकिने डब्लूएचओको चेतावनी


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले  हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ ।

विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेका बेला डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले हिँडडुलमा गरिएको प्रतिबन्ध मात्र यसको रोकथामका लागि पर्याप्त नभएको बताएका हुन् ।

विश्वमा तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै गेहब्रेयससले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

उनका अनुसार पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइएकोमा अर्को ११ दिनमा दुई लाख मानिसमा यसको संक्रमण देखिएको थियो ।

त्यसको चार दिनमै तीन लाख मानिसमा यसको संक्रमण पुग्नुले संक्रमण फैलने दर उच्च रहेको डब्लूएचओले प्रष्ट्याएको छ ।

यसर्थ कोरोना नियन्त्रणका लागि मानिसहरूको हिँडडुल नियन्त्रणमा मात्र भर नपर्न डब्लूएचओले आग्रह गरेको छ ।

प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ। रोगका सम्भावित उपचारबारे उक्त बैठकमा छलफल हुने बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : २८ बजे

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका