यूएईमा कोरोना पोजेटिभ देखिएका २ नेपाली उपचार पछि स्वस्थ « Khabarhub

यूएईमा कोरोना पोजेटिभ देखिएका २ नेपाली उपचार पछि स्वस्थ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१८)को संक्रमण देखिएका २ जना नेपाली संयुक्त अरब ईमिरेट्स (यूएई)मा उपचार पछि निको भएका छन् ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उपचार पछि २ जना नेपाली निको भएका हुन् ।

वैदेशिक रोजगारीका लागि यूएई पुगेका २ नेपालीलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

कोभिड–१९ पोजेटिभ देखिएकामध्ये पछिल्लो समय ३ जना बिरामीहरु निको भएका थिए । जसमध्येका २ नेपाली नागरिक हुन् भने १ जना इरानका नागरिक हुन् ।

यूएईमा हालसम्म १ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण भएकामध्ये ४१ जना उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ४३ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको