यूएईमा कोरोना पोजेटिभ देखिएका २ नेपाली उपचार पछि स्वस्थ « Khabarhub

यूएईमा कोरोना पोजेटिभ देखिएका २ नेपाली उपचार पछि स्वस्थ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१८)को संक्रमण देखिएका २ जना नेपाली संयुक्त अरब ईमिरेट्स (यूएई)मा उपचार पछि निको भएका छन् ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उपचार पछि २ जना नेपाली निको भएका हुन् ।

वैदेशिक रोजगारीका लागि यूएई पुगेका २ नेपालीलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

कोभिड–१९ पोजेटिभ देखिएकामध्ये पछिल्लो समय ३ जना बिरामीहरु निको भएका थिए । जसमध्येका २ नेपाली नागरिक हुन् भने १ जना इरानका नागरिक हुन् ।

यूएईमा हालसम्म १ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण भएकामध्ये ४१ जना उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ४३ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित