भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु « Khabarhub

भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोना विशेष अस्पतालमा रेफर गरी आइसोलेसन वार्डमा राखिएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनको नमूना समेत संकलन गरिएको थियो । संकलन गरिएको नमूना सोमबार काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण रहे नरहेको विषयमा भने पुष्टि हुन बाँकी छ ।

कोरोना विशेष अस्पताल स्रोतले युवकको मृत्यु भएको जानकारी दिए पनि अस्पतालले भने आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले पनि घटनाको पुष्टि हुन बाँकी रहेको बताए । ‘केही व्यक्तिले यस्तो भएको भनेर भनिरहेका छन् । तर, हामीलाई औपचारिक रुपमा कोरोना विशेष अस्पतालमा कसैको मृत्यु भएको भनेर जानकारी आएको छैन,’ भण्डारीले खबरहबसँग भने ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : २६ बजे

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र