डाक्टरलाई पीपीई पोशाक सिलाउन टेलर खोज्दै महावीर पुन « Khabarhub

डाक्टरलाई पीपीई पोशाक सिलाउन टेलर खोज्दै महावीर पुन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक अभियन्ता महावीर पुनले डाक्टरलाई बिरामी जाँचका क्रममा लगाउने पीपीई पोशाक सिलाउन टेलर चाहिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जतिसक्दो छिटो पीपीई तयार गर्नुपर्ने भएकाले कुनै टेलरलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

‘डाक्टरहरुले कोरोनाको बिरामी जाँच गर्दा लगाउने ड्रेसलाई पीपीई भन्दा रहेछन्, त्यसको अति नै आवश्यक परेको रहेछ, त्यो नलगाइकन बिरामी जाँच गर्न नमिल्ने रहेछ,’ महावीरले भनेका छन् ।

महावीरले टिचिङ अस्पताल र विपी अस्पताल धरानबाट यस्तो ड्रेस बनाउने अनुरोध आएकाले ४ सय जति ड्रेस बनाउनका लागि सिलाइ गर्ने टेलर चाहिएको बताएका छन् ।

‘ड्रेसको डिजाइन आविष्कार केन्द्रमा बन्दैछ र ४ सय वटा जति ड्रेस बनाउन सकिने सामान पनि भर्खरै उपलब्ध भयो,’ उनले भनेका छन् ।

उनले टेलरलाई ज्याला पनि दिने भन्दै सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : २३ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको