कान्ति अस्पतालमा भर्ना भएका एक बालकको कोरोना भाइरस परीक्षण नेगेटिभ | Khabarhub Khabarhub

कान्ति अस्पतालमा भर्ना भएका एक बालकको कोरोना भाइरस परीक्षण नेगेटिभ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको आशंकामा कान्ति बाल अस्पताल को आइसोलेसनमा आइतबार भर्ना भएका एक बालकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

अस्पतालले सोमबार बालकको स्याम्पल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र आज बिहान रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले जनाकारी दिए ।

डा पौडेलका अनुसार बालकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि बालकलाई निमोनिया देखिएकाले आइसोलेसन वार्डबाट अन्य वार्डमा सिफ्ट गरेर निमोनियाको उपचार गरिएको छ ।

बालकको बुबा केही समयअघि दुवईबाट आएको र बुबासँग सम्पर्कमा रहेपछि बालकलाई स्वास्थ्य समस्या देखिएको भन्दै उनीहरु अस्पतालमा आएका थिए । बालकको उमेर ४ वर्षको रहेको छ ।

डा पौडेलेका अनुसार कोरोनाको आशंकामा नै कान्ति बाल अस्पपताको आइसोलेसनमा ४ जना  रहेका छन् । 

उनीहरुमध्ये २ जना सोमबार अस्पताल भर्ना भएका थिए । उनीहरुको कोरोना परीक्षणको रिपोर्ट आज साँझसम्म आउने पौडेलको भनाइ छ ।

 यस्तै कोरोनाकै आशंकामा अन्य दुईजना थपिएका छन् उनीहरुको भने थ्रोड स्वाब संकलन गर्न बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : ५३ बजे

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

काठमाडौं– साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

कञ्चनपुर– सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध