कोरोना भाइरसको उद्गम थलो चीनको हुबेईमा दुई महिनायता जारी ‘लकडाउन’ हटाउने तयारी « Khabarhub

कोरोना भाइरसको उद्गम थलो चीनको हुबेईमा दुई महिनायता जारी ‘लकडाउन’ हटाउने तयारी


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- कोरोना भाइरसको उद्गम थलो चीनको हुबेई प्रान्तमा विगत दुई महिनायता जारी ‘लकडाउन’ खुला हुने भएको छ । 

समाचार संस्था एपीले जनाएअनुसार राजधानी वुहान शहरबाहेक हुबेई प्रान्तका अधिकांश क्षेत्रमा लगाइएको लकडाउन खुला गर्न लागिएको हो ।

चिनियाँ अधिकारीका अनुसार मंगलबार मध्यरातबाट प्रान्तका अधिकांश भेगमा लकडाउन खुला गरिनेछ । वुहान शहरमा भने आगामी अप्रिल ८ का दिनबाट लकडाउन खुला गरिने जनाइएको छ ।

चीनले गत जनवरी २३ का दिन रातारात निर्णय गर्दै मानिसहरुलाई वुहान शहर प्रवेश गर्न र त्यहाँबाट बाहिर निस्किन प्रतिबन्ध लगाउने कठोर निर्णय गरेको थियो । त्यसको केही दिनलगत्तै पूरै प्रान्तभरी नै यस्तो व्यवस्था लागू गरिएको थियो ।

कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रणका लागि चीनले रेलसेवा र हवाई उडान पनि बन्द गरेको थियो ।

पछिल्लो समय चीनले वुहान प्रान्तमा कोरोना भाइरसलाई विस्तारै नियन्त्रणमा लिइँदै आएको दाबी गर्दै आएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गर्ने तथ्यांक अनुसार पछिल्लो एक सातायता हुबेई प्रान्तमा कोरोना भाइरसका नयाँ बिरामीहरु देखिन छाडेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : २५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते