कोरोनाका कारण अमेरिकी डलरको भाउमा वृद्धि « Khabarhub

कोरोनाका कारण अमेरिकी डलरको भाउमा वृद्धि


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।

नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको बिक्री दर १२२ रुपैयाँ ३४ पैसा र खरिद दर १२१ रुपैयाँ तोकिएको छ । डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर ११५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्री दर ११५ रुपैयाँ ८० पैसा रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरीद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्ट्रलिङ एक बराबर खरीददर १४० रुपैयाँ ११ र बिक्री दर १४० रुपैयाँ ८० पैसा तोकिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ३९ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा