अमेरिकी प्रथम महिला मेलानियामा कोरोना संक्रमण देखिएन | Khabarhub Khabarhub

अमेरिकी प्रथम महिला मेलानियामा कोरोना संक्रमण देखिएन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ह्वाइट हाउसमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मेलानियाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले पनि केही दिनअघि आफूलाई कोरोना संक्रमण भए नभएको बारेमा परीक्षण गराएका थिए ।  मेलानियाको स्वास्थ्य परीक्षणका बारेमा यसअघि जानकारी दिएका राष्ट्रपति ट्रम्प र मेलानियाको एकै दिन स्वास्थ्य परीक्षण गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले गत मार्च १३ तारिखका दिन स्वास्थ्य परीक्षण गराएका थिए । साथै, ट्रम्पकी छोरी इभान्का ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी कारेन पेन्सले पनि कोरोना संक्रमण भए नभएको परीक्षण गरेका थिए ।  तर रिपोर्टमा कसैलाई पनि कोरोना संक्रमण भएको देखिएको थिएन ।

इभान्का ट्रम्पले भेटघाट गरेकव् एक जना अस्ट्रेलियाली अधिकारीलाई कोरोना संक्रमण देखिएपछि ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए ।

पछिल्ला दिनहरुमा अमेरिकामा ठूलो संख्यामा मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । साथै समाजका प्रतिष्ठित व्यक्तिहरु, कलाकार, खेलाडीहरु, सांसदहरु, ह्वाइट हाउसमा कार्यरत कर्मचारी समेतका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ४६ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण देखिनुका साथै ६०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ३७ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली