निजी संघ संस्था र व्यक्तिले ‘कोरोना काेष’खडा गर्न नपाउने « Khabarhub

निजी संघ संस्था र व्यक्तिले ‘कोरोना काेष’खडा गर्न नपाउने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजी व्यक्ति, संघसंस्थाले कोरोना नियन्त्रणका लागि आर्थिक संकलनका लागि कोष खडा गर्न नपाउने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले निजी संघसंस्था र व्यक्तिले कोष खडा गरेको भए हप्ता दिनभित्रै केन्द्रीय कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धी आपतकालीन कोषमा रकम जम्मा गर्न निर्देशन दिएको छ।

सरकारले कोरोना नियन्त्रण सम्बन्धी केन्द्रीय कोष खडा गरेकाले सबै संघसंस्था र व्यक्तिले सोही कोषमा जम्मा गर्नुपर्ने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए।

उनले भने ‘ कसैले कोष खडा गरेको भए मातहतका कर्मचारीकाे मात्र रकम संकलन गर्नुस् र एक हप्तामा केन्द्रीय कोषमा जम्मा गर्नुहोला। यस्तो अवस्थामा केन्द्रीय कोषमा रकम जम्मा गर्नु नै सबैभन्दा राम्रो हुन्छ।’

विगतमा यस्ता कोष खडा गरी आर्थिक पारदर्शिता नभएपछि सरकारले सबै रकम केन्द्रीय कोषमा जम्मा गर्न निर्देशन दिएको हो।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ४७ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६