निजी संघ संस्था र व्यक्तिले ‘कोरोना काेष’खडा गर्न नपाउने « Khabarhub

निजी संघ संस्था र व्यक्तिले ‘कोरोना काेष’खडा गर्न नपाउने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजी व्यक्ति, संघसंस्थाले कोरोना नियन्त्रणका लागि आर्थिक संकलनका लागि कोष खडा गर्न नपाउने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले निजी संघसंस्था र व्यक्तिले कोष खडा गरेको भए हप्ता दिनभित्रै केन्द्रीय कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धी आपतकालीन कोषमा रकम जम्मा गर्न निर्देशन दिएको छ।

सरकारले कोरोना नियन्त्रण सम्बन्धी केन्द्रीय कोष खडा गरेकाले सबै संघसंस्था र व्यक्तिले सोही कोषमा जम्मा गर्नुपर्ने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए।

उनले भने ‘ कसैले कोष खडा गरेको भए मातहतका कर्मचारीकाे मात्र रकम संकलन गर्नुस् र एक हप्तामा केन्द्रीय कोषमा जम्मा गर्नुहोला। यस्तो अवस्थामा केन्द्रीय कोषमा रकम जम्मा गर्नु नै सबैभन्दा राम्रो हुन्छ।’

विगतमा यस्ता कोष खडा गरी आर्थिक पारदर्शिता नभएपछि सरकारले सबै रकम केन्द्रीय कोषमा जम्मा गर्न निर्देशन दिएको हो।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ४७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते