कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइभिटिज र प्रेसरको समस्या थियो ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ५ सय ८२ जनाको मृत्यु भएको छ भने ४६ हजार १ सय ६८ जना संक्रमित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ४३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६