कोरोना भाइरस संक्रमित टेलिभिजन पत्रकारको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमित टेलिभिजन पत्रकारको मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जिम्बाब्वेमा कोरोनाभाइरसको संक्रमणबाट एक जना टेलिभिजन पत्रकारको मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको हो । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको थयो । उनको सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो । ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्, ‘उनि मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौँ ।’

जिम्बाब्वेमा हालसम्म कोरोना भाइरसको संक्रमण तीन जनामा देखिएको छ जसमध्ये एक जनाको ज्यान गएको छ भने अन्य दुई जना उपचाररत रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ५६ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि