‘लकडाउन’का बीच साँझ र बिहान खाद्यान्न पसल खुल्ने « Khabarhub

‘लकडाउन’का बीच साँझ र बिहान खाद्यान्न पसल खुल्ने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशव्यापी जारी गरेको लकडाउनका बीच तनहुँमा हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ । विपद् व्यवस्थापन समितिको मंगलबार सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुल्ला रहने निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा खाद्यान्नको व्यवस्थापन गर्नका लागि पसल खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । ‘समितिले निर्धारण गरेको समय बाहेक अरु समयमा खाद्यान्न पसल बन्द रहनेछन,’ उनले भने ।

बैठकले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा आवश्यकता अनुसार वडा वडामा निगरानी कक्ष (क्वारेन्टाइन)को स्थापना गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए । कोभिड–१९ सम्बन्धी सूचना प्रवाहलाई व्यवस्थि तगर्नका लागि जनस्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीलाई फोकल पर्सन तोकिएको छ ।

सो भाइरस सम्बन्धी जानकारी लिनुपरेमा जिल्लाका विभिन्न अस्पतालका प्रमुखहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका डा. रामकुमार श्रेष्ठ ९८४१२९५९६४, दमौली अस्पतालका डा. सुनिल पौडेल ९८४१४६१५९५, डा. रामहरि दाहाल ९८६०३९७३५१, डा. विवश ढकाल ९८६२९२३७८०, डा शान्ति पोख्रेल ९८४६२६३८६१, खैरेनीटार स्वास्थ्य चौकीका डा. इला थापा ९८४६३९६७५२ मा सम्पर्क गरी जानकारी लिन सकिने छ ।

यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र भीमादका डा. प्रकाश नेपाली ९८४५५४५४८४, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिहीका डा. सुमन प्रधान ९८६४४४२९३७, नगरस्तरीय अस्पताल कालीमाटीका डा. हेमराज पौडेल ९८४९७११९५२ र बन्दीपुर अस्पतालका डा. डिबी क्षेत्री ९८५२०३१०५२ नम्बरमा सम्पर्क गरी जानकारी लिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ०१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि