भारतीय प्रधानमन्त्री मोदीद्वारा तीन साता ‘लकडाउन’ घोषणा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा तीन साता ‘लकडाउन’ घोषणा


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले भारतभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् ।

मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् ।

उनले घरबाहिर ननिस्किन आग्रह समेत गरेका छन् । सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

कोरोनाविरुद्ध लड्न प्रधानमन्त्री मोदीले भारतमा लगाएको जनताको कर्फ्यू एसियाली अन्य मुलुकमा पनि लोकप्रिय बनेको थियो । भारतपछि नेपालमा समेत जनता कर्फ्यू जस्तै गरी सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

जनता कफ्र्यु बंगलादेशमा पनि लागू भइसकेको छ । प्रधानमन्त्री मोदीले आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फ्यू लागू गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : २९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका